सुनसरी/ अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असार ४ गते सुनसरीको इटहरीमा सामाजिक लेखा परिक्षण कार्यक्रम गरेको छ । 

अस्तलातका कार्यकारी प्रशासन प्रमुख प्रकास यादवको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उप प्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इटहरीका नागरिक समाज,  वुद्धिजिवि, राजनितिज्ञ, पत्रकार, जग्गादाता तथा स्थानिय सरोकारवाला निकायको उपस्थित रहेको थियो । 

IMG_20240618_105859

नेपाल भरी रहेको गरिवत तथा विपन्न परिवारका अपाङ्ग बालालीकाको उपचारमा उल्लेखनी भुमिका निर्वाह गर्दै आएको काभ्रे स्थित यो अस्पतालले २०७६ सालदेखी इटहरीमा समेत सेवा दिदै आएको छ । 

इटहरीमा रहेको यो अस्पतालले अहिले सम्म पुर्वी नेपालका करिव ६० जना वालवालिकाकाहरुको  उपचार गरेर समाजमा पुनर्स्थापित गरि सकेको छ । 

IMG_20240618_115628

कार्यक्रममा अपाङ्ग वालवालिकाहरुकालागी प्रयोग हुने कृतिम अङ्गलगयातका समाग्रीको पर्दशनी समेत गरिएको थियो ।

अमेरिकन हिमायल फाउण्डेसनको साझेदारीमा चलेको पुनर्स्थापना केन्द्र अहिले सम्म नेपालको विभिन्न स्थानवाट शिविर मार्फत र काभ्रेको वनेपाको मुख्य अस्तलात सहित नेपालको विभिन्न स्थानमा रहेको केन्द्रहरुवाट हजारौ वालवालिकाहरुको उपचार गरिसकेको 

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र इटहरी अध्यक्ष दिनेश रसाइली ले बताउनुभयो।

IMG_20240618_115538