सुनसरी / कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप रास्टिया महिला भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।
प्रदेश खेलकुद बिकास बोर्डको आयोजनामा शनिबारबाट विराटनगरमा मुख्यमन्त्री कप राष्ट्रिया महिला भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षता तथा कोशी प्रदेश मुख्य मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख अतिथित्यामा सुरु भएको पहिलो मैत्रीपुर्ण पुर्ण खेल कोशी प्रदेश भर्सेज बागमती प्रदेश बिच भएको थियो भने खेलमा कोशी प्रदेशले जित हासिल गरेको छ । मौसमले खेललाई असहज गरे पनि आगामी दिनमा मौसमले पनि अवरोध नगर्ने गरिको खेलका लागी सम्रचना निर्माण गरिने र कोशी प्रदेशलाई खेल सँगजो जोड्न विभिन्न कार्यक्रम आयोजना गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भयो ।
कोशी प्रदेशलाई खेल जनस्तरमा जोड्न प्रदेशले विभिन्न ठाउँमा खेल आयोजना गर्दै आएको तथा खेलाडीहरुले राष्टको सेवक भएको कार्यक्रमका अध्यक्ष कोशी प्रदेश समाजिक विकास मन्त्री पाँच कर्ण राईले बताउनु भयो ।
खेलमा कोशी प्रदेशका खेलाडी जर्सी नम्बर छ अन्जना खड्का म्यान अफ द म्याच घोषित भएकी छ्न । कोशी प्रदेशले विभिन्न प्रकार खेल आयोजना गर्दै आएको छ ।