इटहरी / इटहरीमा श्रम संसार सुचना प्रणाली  सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र आस्मान नेपाल/ स्टेप अप प्रोजेक्ट स्विस कन्ट्रयाक्ट को सहकार्यमा गरिएको कार्यक्रम नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण शाह को अध्यक्षता तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्री पांचकर्ण राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम बिषेश अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी, CTEVT पुर्व क्षेत्रीय कार्यालय निर्देशक संजय न्यौपाने, समाजिक बिकास मन्त्रालय उपसचिव कृष्ण पोखरेल लगायत अतिथिको उपस्थिति रहेको थियो भने कार्यक्रममा तालिम प्रदायक संस्था, रोजगार दाता, बेरोजगार ब्यक्तिहरुको उपस्थिति रहेको नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेश सचिव नवराज दाहालले बताउनुभयो ।
IMG_20240729_112454_Burst02
कार्यक्रममा होटल लज तथा पर्यटन ब्यवसायी तेजबहादुर पुरि, गोबिन्द थापा लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
रोजगारीका अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्ध स्थापित गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बिसेस अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरीले बताउनुभयो ।
IMG_20240729_113101

कार्यक्रममा श्रम संसार सुचना प्रणाली  सम्बन्धी पोर्टल कसरी चलाउने कसरी नागरिकलाई रोजगारीमा जोड्ने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण र लाभदायक रहेको प्रमुख आतिथि पांचकर्ण राईले बताउनुभयो ।

IMG_20240729_113115