इनरूवा / सुनसरीको सदरमुकाम इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सुनसरीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

इनरुवाको राष्ट्र सेवक भवनमा मंगलबार भएको रक्तदान कार्यक्रममा ११० जनाले रगत दान गरेका छन् । संगठनले कर्मचारीको रुपमा सेवारत्त अवस्था सहिद हुनुभएका मनोज, भुपेन्द्र ,सुरेन्द्रको स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो । 

Screenshot_2024_0730_155601

नेपाल रेड्क्रस सोसाइटी विराटनगरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष मेहताले बताउनुभयो र सम्पन्न भएको रक्तदान कार्यक्रममा एक सय दश पृन्ट रगत संकलन भएको मेहताले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी विराटनगरको समन्वय र प्राविधिक सहयोगमा यो वर्षकै सबै भन्दा धेरैले एकै ठाउँमा ११० जनाले रगत दान गरेको समेत मेहताको दावी छ । संगठनका अध्यक्ष चिनेश्वर मेहताले अध्यक्षता गर्नुभएको थियो ।

Screenshot_2024_0730_155548

रक्तदान कार्यक्रमको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले गर्नुभएको थियो । नेपाल निजामती कर्मचारी संगठन सुनसरीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी मोरगंको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष मेहताले बताउनुभयो

Screenshot_2024_0730_163131

नियमित कार्य लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभाव भइरहेको बेला  रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको संगठनका सचिव कुलमणि बरालले बताउनुभयो ।