इटहरी / किरात राई सुम्नीमा संघ इटहरी ६ तथा किरात राई यायोख्खाको ३७ औ स्थापना दिवसको अवसरमा इटहरीमा आज गरीएको रक्तदान कार्यक्रम १२३ पिण्ट रगत संकलन भएको छ ।
यतिवेला सुनसरी जील्लामा नै रगतको अभाव भएको साथै जिवन मरणको अवस्थामा कसैको एक पाउण्ट रगतले कसैको ज्यान वचाउन सकिन्छ भन्ने उदेस्यले यो रक्तदान कार्यक्रम गरीएको किरात राई यायोख्खा इटहरीको अध्यक्ष चिराहाङ राईले जानकारी गराए ।
रगत चाहि कुनै कलर,वर्ण,जात,धर्म,विभेद,पाटि नभनी समग्र मानव समुदायमा प्रयोग गर्न मिल्ने महत्वपुर्ण काम भएकोले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको र आजको भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सयोग रहेको समेत अध्यक्ष राईले जानकारी गराए ।
किरात राई सुम्नीमा महिला संघ,किरात राई यायोख्खा तथा किरात राई यायोख्खा युवा संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा रेडक्रस सोसाइटीका सभापति उमेस थापा,किराया जिल्ला कार्यसमीतीका अध्यक्ष राजेन्द्र राई,किराया नगर अध्यक्ष खगेन्द्र राई लगायत विभीन्न संघ सस्थाको प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।



