इटहरी / सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ। कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रमामा कामधेनु रजत स्मारिका २०८१ को पनि विमोचन गरिएको छ। यस्तै,दुध सप्लाई गर्ने ६ वटा जिल्लाका डेरी संचालकहरुलाई पनि सम्मान गरिएको छ भने सस्थाका पूर्व अध्यक्षहरु लगायत करिव ५० जना भन्दा बढीलाई सम्मान गरीएक छ। उत्कृस्ट काम गर्ने ३ जना कर्मचारीलाई सम्मान गरिएको हो । इटहरीमा १५ वटा शाखा सञ्चालन गरेर दूध बेचिरहेको छ ।
कार्यक्रममा प्रदेश सांसद रेवतीरमण भण्डारीले कृषि क्षेत्रमा राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताए । उत्पादनको क्षेत्रमा काम गर्ने कामधेनुजस्ता उद्योगहरूले रोजगारीको सृजना गरेर देशलाई योगदान दिएकोसमेत भण्डारीले बताए ।
इटहरी वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले कृषकहरूको नाम भँजाएर पहुँचका आधारमा सुविधाको दुरुपयोग हुने गरेको बताए ।
कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी सघंका अध्यक्ष अम्बरबहादुर कुँवर, विभिन्न डेरी तथा उद्योगी व्यवसायीहरूले कामधेनु दुग्ध विकास सहकारी संस्थाको रजत जयन्तीको अवसरमा बधाई तथा शुभकामना दिएका थिए ।
कामधेनु दुग्ध विकास सहकारी संस्थाले २५ औ वार्षिक उत्सव मनाउन पाउनु सुखद भएको संस्थाका अध्यक्ष यादप ढकालले बताए ।
प्रदेश सरकारले निति तथा कार्यक्रम बनाएर कृषकलाई सम्मान गर्ने कोशी प्रदेश मुख्यमन्त्री हिमक्त कार्की व्यक्त गरेका आश रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालले बताउनुभयो । आश्वासनमा विश्वत रहेको उहाँको भनाइ छ ।
दुग्ध सहकारीलाई प्रदेश सरकारको सहकार्य रहेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले बताउनुभयो । किसानहरुको पिरमर्का बुझ कोशी प्रदेश सरकारलाई बोलाए घरमै आएर सहयोग गर्ने उनले बताए। किसानहरुलाई जस्तोसुकै सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको समेत बताएका छन्।
संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यु, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवालगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका शहरहरूमा बजारीकरण सुरु गरेको छ । कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लाका एघार हजार बढी कृषकहरू आबद्ध रहेका छन् । अहिले नयाँ एक हजार सदस्यहरु थपिएका छन्।
संस्थाले समाजसेवी कार्यक्रम यस अघि गरेको थियोे । कार्यक्रममा समाजसेवी , बुद्धिजीवी ,राजनीतिक दलका प्रतिनिधि ,सहकारीका प्रतिनिधि , स्थानीय , विभिन्न संस्थाका प्रतिधिनि लगाएतको बाक्लो छ ।

