इटहरी / इटहरीमा जथाभावी अस्पतालजन्य फोहोर फ्याल्ने अर्को स्वास्थ्य संस्था कारबाहिमा परेको छ । इटहरी उपमहानगरले इटहरी ६ को एकुर प्याथोलोजी सर्भिसेज कारबाहिमा परेको हो।
वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले जथाभावी अस्पतालजन्य फोहोर जथाभावी नफ्याल्न अनुरोध गरेपनि अटेर गरेर इटहरी ६ गोल्डेन चोकमा फोहोर फ्यालेको पाईएपछि एकुर प्याथोलोजी सर्भिसेजलाई कारबाहि गरेको हो ।
सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्न हुदैन बोर्ड राख्दा समेत फोहोर फालेकाले कारबाही गरिएको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका सञ्चालक केशब पौडेलले बताउनुभयो ।
अस्पतालजन्य सामग्री फालिएकाले यस अघि पनि नफाल्न अनुरोध गरिएकाले आगामी दिनमा फोहोर फालेमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने उहाँको भनाइ छ ।
यस अघि इटहरीको टेंग्रा खोला नजिकै रहेको बुद्ध साई डाईग्लोष्टिक सेन्टर प्रा.लिले अस्पताल जन्य जथाभावी फोहोर फालिएको भनेर इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले ५ हजार जरिवाना तिराएको थियोे ।
कारबाहि स्वरुप इटहरी उपमहानगरपालिकाले एकुर प्याथोलोजीलाई नगद ५ हजार जरिवाना तिराएको हो । जथाभावी फोहोर फ्याल्नेहरुलाई कारबाही गर्ने क्रम तिब्र पारिएको भन्दै जथाभावी फोहोर नफ्याल्न संस्थाका सञ्चालक केशब पौडेलले आग्रह गर्नुभएको छ।
अस्पताल जन्य सामग्री खुल्ला रूपमा फालिएकाले जरिवाना दिएराइएको इटहरी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख जेबि राईले बताउनुभयो । फेरि पनि पनि यस्तो काम गरेमा जरिवाना बढाउने भएको उहाँको भनाइ छ ।
इटहरी उपमहानगरपालिकाले व्यापार ,व्यवसाय , घर , पसलबाट निस्किने फोहोर जम्मा गरेर फोहोर उठाउने गाडिमा फोहोर दिन अनुरोध गरिएको छ । फोहोर जथाभावी नफाल्न नगरपालिकाले माइकिङ गर्दै आएको छ ।