सुनसरी / भोक्राहा नरशिंह गाउँ पालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम साझेदार संस्था करूणा फाउन्डेसन नेपाललाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद को अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपप्रमुख सुनिता कुमारी उराव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, जनप्रतिनिधि , कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरू सामाजिक अभियन्ता तथा करुणा फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्गता सहयोगी सामाग्री, उपचारका आर्थिक विषय, मनोवैज्ञानिक उत्प्रेरणा लगायतका विषयमा करुणा फाउन्डेसनले स्थानीय सरकारसँग मिलेर उल्लेखनीय काम गरेको भोक्राह नरसिंह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताउनुभयो।
बिगत ४ वर्ष देखि अपाङ्गताका क्षेत्रमा भोक्राहा नरसिंह गाउँपालिकामा क्रियाशील प्रदेश सरकार तथा गाउँपालिका साझेदारी संस्था करुणा फाउन्डेसनले अपाङ्गता रोकथामका लागि गर्व गर्भवती महिलाहरूको सुरक्षा अपाङ्ग बच्चा नजममिउन भनेर उनीहरुलाई चाहिने पौष्टिक आहारको उपलब्धता साथै अपाङ्ग भएका व्यक्तिहरूको पुनर्स्थापना गर्न अपाङ्गता भएका व्यक्तिहरूको डाटा सङ्कलन गरी उनीहरूलाई चाहिने आवश्यक सहयोगी सामग्रीहरू उपलब्ध गराउने लगायतका काम गरिरहेको करुणा फाउन्डेसन सुनसरी संयोजक भारती देवले बताउनुभयो।
सन २००७ मा आइएनजीओको रुपमा स्थापना भएको करूणा फाउण्डेशनले अपांगता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय तथा स्थानीय निकायसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको छ।


