इटहरी । शुभलाभ बचत तथा ऋण सहकारी सस्था लिमिटेडको  १६ औं वार्षिक साधारण सभा शनिबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथिको रूपमा संघीय सांसद भगवती चौधरीको उपस्थितिमा  संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  शुभलाभ आर्थिक सफलताका लागी भन्ने मन्त्रलाई आत्मसात गर्दै, आएको छ ।  “आर्थिक सफलताका लागि“ भन्ने उद्देश्यका साथ २६ जना शिक्षित र उद्यमी व्यवसायीहरूको संलग्नतामा स्थापना भएको शुभलाभले आफ्नो सदस्यता हालसम्म १८ सय ५ जनामा विस्तार गरेको छ । सभामा अध्यक्ष पोखरेलले मात्रात्मक वृद्धि मात्र नभई गुणात्मक विकासमा पनि संस्था सफल भएको बताउनुभयो । आर्थिक वर्ष २०८०÷८१ मा संस्थाको कुल सेयर पुँजी २ करोड ९८ लाख ८८ हजार ७ सय पुगेको छ भने जगेडा कोषमा २ करोड ३६ लाख २५ हजार ७ सय ४२ रहेको छ । सोही वर्षको आम्दानी २ करोड २६ लाख २९ हजार ३ सय २ रुपैयाँ २८ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।  केहि सहकारीको नकारात्मकता विषय उठिरहेको कुरा जोड्दै शुभलाभको  प्रतिवेदनमा उल्लेख भए अनुसार अत्यन्तै राम्रो अवस्थामा रहेको संघीय सांसद भगवती चौधरीले  बताउनु भएको छ । सस्थाले समाजिक क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएको छ । पछिल्लो समय शुभलाभ बचत तथा ऋण सहकारी सस्था लिमिटेड सबैको रोजाईमा परेको छ भने सेवा पनि विस्तार गर्दै आएको संस्थाका अध्यक्ष दिपक पोखरेलले बताउनु भयो । साधारणसभामा शालिकराम ढकाल, इटहरी उपमहानगरपालिका  वडा नम्बर,९ का अध्यक्ष जितेन्द्र थापा, इटहरी उपमहानगरपालिका  सहकारी शाखा प्रमुख बाल कुमार पोख्ररेल, विभिन्न सहकारीका  प्रतिनिधि, सस्थाका सेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।