धरान। विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ। मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर २५ का दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।

WhatsApp Image 2024-10-26 at 15.42.52_6367866e

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा.धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी संकायका सदस्य द्वय मानश्वी आचार्य र रजनी नेउपानेले सञ्चालन गरेका हुन् । मूल टिप्पणीमा नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यले एकाई र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राख्दै बायोइथिक्सको यो महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराले हाम्रो जस्तो विभेद र असमान व्यवहार व्याप्त समाजमा विशेष अर्थ राख्ने तथा समाज र राज्यस्तरमै नितिगत र ब्यावहारिक परिवर्तनका लागि आधार हुने धारणा राख्नुभयो । नेपाल एकाईका सदस्य डा।अशोक ऐर्को विविध नीतिगत सिद्धान्त सहित यस वर्षको नाराबारे प्रस्तूति थियो भने विद्यार्थी संकायकी अक्षता वस्तीले यस वर्षको नाराबारे सेमिनार प्रस्तूति राखिन् । कार्यक्रममा निर्णायक मण्डलबाट प्रा.डा. रिता खड्का तथा विद्यार्थी संकायका हेड प्रशान्त सापकोटाको पनि मन्तब्य रहेको थियो ।

WhatsApp Image 2024-10-26 at 15.42.52_f6115fc3

यस वर्ष सम्पन्न वैज्ञानिक लेखमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी रिचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी काजल यादवस कवितामा जानकी मेडिकल कलेजकी उजमा हुस्सेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र छोटो मूभिमा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूह राष्ट्रिय छनौटबाट यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइएको हो ।

WhatsApp Image 2024-10-26 at 15.42.52_77061340

कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जानुपर्ने धारणा राख्नुभयो । उहाँले यस वर्षको नाराले समाज र हाम्रो ब्यवहारमा ब्याप्त विभेद, हेय र कलंक सजगतापुर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको बिचार राख्नुभयो । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम ९इथिक्स० को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ