सुनसरी / महिला तथा बालबालीका हिंसा बिरूद्द एवः बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाज सुनसरीले विश्व रक्तदान दिवसको अवसरमा इटहरी पूर्वाञ्चल क्याफे प्राङ्गण आइतबारेमा सुनसरी संयोजक हरिमाया कार्कीको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

Screenshot_2024_1027_222956

महिला तथा बालबालीकाको क्षेत्रमा समाजमा आवश्यक देखिएका विभिन्न सामाजिक काम गरिरहँदा रगतको अभावले कसैको ज्यान नजाओस् भनेर रक्तदात दिवसको अवसर पारेर कार्यक्रम गरिएको सुनसरी संयोजक हरिमाया कार्कीले बताउनुभयो ।

Screenshot_2024_1027_223504

नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको सहकार्यमा कार्यक्रममा मेचीकाली बुहारी संयुक्त आवाज कोशी प्रदेश संयोजक पूजा बिडारी का साथै सुनसरी जिल्ला का पदाधिकारी स्थानीय बुद्धिजीवी रक्तदाता को उपस्थिति रहेको संस्थाकी सचिव अम्बिका थापाले बताउनुभयो। 

Screenshot_2024_1027_222916

रगत संकलनका लागि नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको टोलिले सहयोग गरेको थियो ।

Screenshot_2024_1027_223533

संस्थाले यसअघि पनि महिला तथा बालबालीकाको क्षेत्रमा सक्रियतापूर्वक बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेको कोशी प्रदेश संयोजक पूजा बिडारीले बताउनुभयो।