सुनसरी / सुनसरीको कोशी गाउँपालिकाको वडा -३ कुसाहा कान्छी चोकमा रहेकोे प्रतिष्ठित शैक्षिक संस्था "सुनसरी स्टार इङलिस बोर्डिङ स्कुल" २०६८ सालमा स्थापना भई नर्सरीदेखि ८ कक्षासम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। यस बिधालयका बिद्यार्थी हरुले विभिन्न ठाँउमा बिद्यार्थीको प्रतिभा प्रस्फुटन गरे संगै कोशी सामुदायिक युवा क्लबले आयोजना गरेको छठ पर्व विशेष सास्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य समेत प्रदर्शन गरेको थिए ।
हाल कोशी गाउँपालिकाभरि रहेको जम्मा १६ वटा निजी विद्यालयहरूमध्ये प्रशासनिक तथा शैक्षिक गुणस्तरका हिसाबले उत्कृष्ट मानिने यस विद्यालयले जिल्ला स्तरीय कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ। शिक्षा प्रति उत्तरदायी भएर विभिन्न शिक्षण तालिमहरू तथा अनुभवी शिक्षकहरूको माध्यमबाट यहाँ अध्यापन गराइन्छ।
विद्यालयमा हप्तामा नियमित रुपमा विभिन्न अतिरिक्त क्रियाकलापहरू आयोजना गरिन्छ जसले विद्यार्थीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। खेलकुदका सामग्रीहरू सहित विद्यार्थीहरूलाई परियोजनामूलक शिक्षण विधिमार्फत अध्ययन गराउदै आएको छ ।
यो क्षेत्र मुस्लिम समुदायको बसोबास बहुल भएकाले विद्यालयमा मुस्लिम धर्म सम्बन्धी अध्ययनका लागि मुस्लिम बिद्यार्थीका लागि मात्र एउटा एेक्षिक विषय अन्तरगत उर्दू भाषामा पनि शिक्षा प्रदान गरिन्छ जसले गर्दा मुस्लिम बिद्यार्थीहरुको आफ्नो धर्म संरक्षण मा सहज भएको छ। यसले विद्यालयमा विद्यार्थीहरूको विविधतालाई समेटेर शिक्षालाई समावेशी बनाएको छ।
विद्यार्थीहरूको सुविधाका लागि विद्यालय बसको व्यवस्थासमेत गरिएको छ जसले अभिभावकहरूलाई सहज भएको छ।
सुनसरी स्टार इङलिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको सर्वांगीण विकास र उत्कृष्ट भविष्य निर्माणमा निरन्तर सक्रियता देखाउँदै आइरहेको बिधालय हो ।जसले यसलाई गाउँपालिकाको प्रतिष्ठित शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ।
कोशी गाउँपालिकाको एक प्रतिष्ठित शैक्षिक संस्था, "सुनसरी स्टार इङलिस बोर्डिङ स्कुल" हाल ३२५भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयले अब आगामी दिनहरूमा ९ र १० कक्षा सञ्चालन गर्ने योजना बनाउँदै शिक्षा विस्तारमा नयाँ कक्षा थप्ने तयारी गरेको छ।
सुनसरी स्टार इङ्गलिश बोर्डिङ्ग स्कूले दक्ष तथा अनुभवी शिक्षक-शिक्षिकाबाट मनोवैज्ञानिक तरिकाले शिक्षण गराउँदै आएको छ। जसमा शान्त तथा स्वच्छ वातावरण रहेकोे बिद्यालय मा हाल खेलकुद, सांस्कृतिक कार्यक्रम, छात्रवृत्ति तथ पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रोजेक्ट को माध्यम बाट कक्षा सन्चालन गरे संगै अतिरिक्त क्रियाकलाप सन्चालन गरेको छ ।
स्कूलले आफ्ना विद्यार्थीहरूलाई सर्वांगीण विकासका लागि आवश्यक सम्पूर्ण सुविधा प्रदान गर्दै आएको छ। कोशी गाउँपालिकाभरिका १६ वटा निजी विद्यालयहरूमध्ये शैक्षिक गुणस्तरका हिसाबले उत्कृष्ट मानिएको यो विद्यालयले जिल्ला स्तरका विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ। यहाँका अनुभवी शिक्षकहरूले आधुनिक शिक्षण पद्धतिहरू प्रयोग गरी विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गरिरहेका छन्। विद्यालयले समय-समयमा शिक्षकहरूका लागि विशेष तालिमहरू आयोजना गरी शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाइरहेको छ।
विद्यार्थीहरूको सर्वांगीण विकासका लागि विद्यालयमा साप्ताहिक रूपमा नियमित रुपमा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिन्छ। विद्यार्थीहरूको खेलकुदमा रुचि बढाउन खेल सामग्रीहरूको पनि विशेष व्यवस्था गरिएको छ। बिधालयमा अभिभावकहरूको सहजताका लागि विद्यालयले बस सेवा पनि सञ्चालनमा ल्याएको छ।
विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मनिर्भरता र उज्ज्वल भविष्य निर्माणका लागि सुनसरी स्टार इङलिस बोर्डिङ स्कुलले निरन्तर उत्कृष्टता देखाउँदै आइरहेको छ। यस विद्यालयको शिक्षामा गुणस्तरीय भएकोले शिक्षण विधिमा कोशी गाउँपालिकामा एक सम्मानित र विशिष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ साथै भाबि दिनमा अझै शिक्षामा गुणस्तर थप गर्ने भनी सुनसरी स्टार इङलिस बोर्डिङ स्कुलका प्रध्यानध्यापक असोक कुमार साहले बताउनु भयो ।