इटहरी । मोरङको बेलबारी(२ थापाचौककी पार्वती पोखरेल र उहाँको परिवारले सोही वडाको कबीर माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन् । आफ्ना स्वर्गीय पति यादवप्रसाद पोखरेलको स्मृतिमा श्रीमती पार्वती पोखरेल, छोराबुहारी पुरुषोत्तम–अनिशा, डा.गणेश विक्रमा पोखरेल साथै छोरीज्वाइँ जयन्ती पोखरेल र सुवास गुरागाईँले २ लाख १ हजार रुपियाँको अक्षयकोष विद्यालयको खातामा जम्मा गरेका हुन् । विद्यालयका प्रधानाध्यापक अभय लिम्बूले विद्यालयको स्थापनाकालदेखि नै पोखरेल परिवारले महत्त्वपूर्ण योगदान दिँदै आउनुभएको बताउनुभयो । विद्यालयमा अनुशासित, लगनशील, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले रु।२ लाख १ हजार मूलकोष रहने गरी “यादवप्रसाद(पार्वती पोखरेल छात्रवृत्ति अक्षयकोष” को स्थापना गरिएको प्रधानाध्यापक लिम्बूले बताउनुभयो । पोखरेल परिवारले विद्यालयका एक(एक जना छात्र छात्रालाई जनही २ हजार ५ सय को दरले छात्रवृत्ति प्रदान गर्नुभएको छ ।