इटहरी / आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । त्यस्तै इटहरीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

दिवसका अवसरमा सामाजिक सुरक्षा कोष बिराटनगरले बिहान ८ बजे इटहरी इन्टुरिस्ट प्यालेसमा कार्यक्रम आयोजना गरेको छ ।

IMG_20241126_093139

सामाजिक सुरक्षा कोष बिराटनगर प्रमुख दिपकराज भट्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, संचारकर्मीको उपस्थिति रहेको कार्यक्रममा सामाजिक सुरक्षा कोषका सेवा सुविधा, योजनाका बारेमा अन्तरक्रिया गरिएको छ ।

IMG_20241126_093243

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ ।

उहांले सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको दाबीसमेत गर्नुभएको छ । ‘मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिहास छन् । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार दिन थाल्यो,’ सन्देशमा उल्लेख छ ।

सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

IMG_20241126_093255