झापा । झापाको दमकमा भ्यू टावरको आइतबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिम प्रोजेक्टको रुपमा रहेको उक्त टावर ओलीकै प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
दमक नगरपालिका–३ दापगाछी स्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटनसँगै सन्चालनमा आएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।
कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ । भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।