इटहरी । शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कृषि अनुसन्धान निर्देशनालय तरहरामा सुशासन ,प्रविधि मैत्री, गुणत्मक विकासमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसात गर्दै सुरु गरिएको  २९ औ साधारणसभामा सस्थाका कार्यवाहक अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । २९ औ साधारणसभामाको उद्घाटन नगरप्रमुख  पौडेलले गर्नु भएको थियो ।  आर्थिक वर्ष २०८० ८१ सम्ममा संस्थाले दुई करोड ३१ लाख, ५१ ह्जार, ९४ रुपैँया नाफा कमाएकामा  १ करोड ९२ लाख २६ ह्जार ७ सय ७७ मुनाफा गर्न सफल भएको छ ।  सहकारीहरुको नियमन , अनुगमन गरिरहदा आफुहरुको क्षेत्रमा रहेका सहकारी मध्ये सफल सहकारीको रुपमा शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था रहेको नगरप्रमुख  पौडेलले बताउनुभयो । पछिल्लो समय सहकारी संस्थाहरूले बचतकर्ताको रकम अपचलन गरेका घटना बाहिरिरहँदा यस सहकारीले भने बचतकर्ताको मन जित्दै नाफा कमाएको हो । जम्मा शेयर पुजि ८ करोड, २९ लाख, ४० हजार, ५ सय रहेको छ भने गत बर्षको तुलानामा ६.९७ प्रतिसतले वृद्धि भएको हो । कुल ऋण लगानी ३९ करोड, २४ लाख ३१ ह्जार ६ सय ४० रहेको छ । पछिल्लो समयमा आर्थिक तरलता भएपनि नाफा वृद्धि गर्दै गएको र आगामी दिनमा सदस्य संख्या सहित संस्थाले प्रदान गर्दै आएका सेवा विस्तार गर्दै जाने सहकारीका कार्यवाहक अध्यक्ष चिन्तामणि सापकोटाले बताउनुभयो  । २०७९ पुस २९ गते सहकारीको निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा इटहरी २ शान्तिनगरका वीरबहादुर लिम्बू निर्वाचित भएका थिए । तर, उनको गत चैत २८ गते निधन भएपछि सहकारीका उपाध्यक्ष रहेका सापकोटाले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन् । संस्था सञ्चालनका निम्ती अध्यक्षको आवश्यकता पर्ने भएकाले अध्यक्ष पदका लागि उपनिर्वाचन हुदैँछ । सहकारीले आफ्नै भवन मार्फत सेवा प्रवाह गर्दै आएको छ । २०४९ साल फागुन ९ गते चन्द्रप्रसाद रेग्मीको घरमा परिकल्पना भएको सहकारीमा हाल सम्म दुई हजार ५३ जना शेयर सदस्य छन् । जसमध्ये दुई सय ५५ जनाले ऋण लिएका छन् । सुरुआती दिनमा ५० रुपैयाँका दरले दुई हजार तीन सय रुपैयाँ सेयर सङ्कलन गरी स्थापना भएको सहकारीको कार्यालय इटहरी २० तरहरामा रहेको छ । सहकारीले ०४९ सालबाटै आफ्नो गतिविधि गरेपनि २०५२ साल फागुन ८ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको छ ।