सुनसरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते गढी गाउँपालिका सभा भवनमा सम्पन्न भएकाे ।

भमरी सेवा केन्द्र समूहकि सदस्य देवी सिंहकाे अध्यक्षता तथा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस संचालक भोला धिताल, गढी गाउँपालिका २ नं. वडा अध्यक्ष प्रभाकर माझी, सिद्धार्थ बैंक प्रबन्धक हेमराज श्रेष्ठ साथै प्रतिनिधि , कर्मचारीहरु लगायत ८१ जना शेयर सदस्यकाे सहभागिता रहेको भमरी सेवाकेन्द्र साखा प्रमुख दशरथ राजवंशीले बताउनुभयो।

कार्यक्रममा सहभागि बाट ब्यापक छलफल सहित प्रतिबेदन पास,१७ जना माइन्युट प्रमाणित गर्ने टिम र ३ जना केन्द्रिय साधारण सभा प्रतिनिधि हल बाट सर्ब सम्मत चयन गरिएकाे कार्यक्रम सञ्चालक दिल कुमारी राउतले बताउनुभयो ।


