संखुवासभा | श्री त्रिशक्ति बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाको अवसरमा नयाँ कार्यसमिति चयन गरिएको छ।

मादी नगरपालिका–८, मावादिनमा सम्पन्न साधारण सभामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको हो ।

पदम बहादुर मेघि अध्यक्षको रूपमा चयन हुनुभएको छ भने उपाध्यक्षमा दोर्ची शेर्पा, सचिवमा दिक्पाल तामाङ, कोषाध्यक्षमा अमृता लिंथेप र सदस्यहरूमा पदम बहादुर श्रेष्ठ, नारायण प्रसाद गुरुङ, चन्द्रबहादुर लिम्बू, उत्तर कुमार गुरुङ, र उषा गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पदम बहादुर मेघिले सहकारीको मर्म र मूल्यलाई आत्मसात गर्दै संस्थालाई अझै प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सदस्यहरूको हितमा केन्द्रित थप सेवाहरू सञ्चालन गर्ने योजना समेत सार्वजनिक गर्नुभयो ।

यसअघि, संस्थाका अध्यक्ष भगविर गुरुङले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय स्थिति मजबुत भएको जानकारी गराउनुभएको थियो । संस्थाले यस वर्ष ७५ हजार ९०१ रुपैयाँ नाफा आर्जन गरेको छ।

साधारण सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, बालबचतकर्ता, शेयरधनी, तथा ज्येष्ठ महिला र पुरुषहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट समूहको रूपमा सेवालुङ, जनकल्याण, सिंहदेवी, र लालिगुराँस समूहलाई पुरस्कृत गरिएको हो । नयाँ कार्यसमितिले सहकारीलाई अझ सशक्त बनाउँदै सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानमा योगदान दिने अपेक्षा गरिएको छ । कार्यक्रममा सहकारीका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

IMG-20250104-WA0020