संखुवासभा | श्री दीपज्योती ग्रामिण विधुत सहकारी संस्था लिमिटेडको  १९  औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

शनिबार संखुवासभा मादी नगरपालिका ८ मा दीपज्योती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष  दिलकुमार गुरुङको  अध्यक्षतामा तथा मादी नगरपालिका ८ का वडा अध्यक्ष सुनिल लिंथेपको  प्रमुख आतिथ्यतामा मावादिनमा १९ औं वार्षिक साधारणसभा  सम्पन्न भएको हो ।

संस्थाका व्यवस्थाक पदम राईले वार्षिक साधारणसभाको प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष २०७९ / ८० शेयर पुर्जी ३ करोड  ४१ लाख ६ हजार ७०० रहेको थियो भने २०८०/८१ मा ३ करोड , ४२ लाख ४ हजार  २ सय रहेको छ गत वर्षको तुलनामा सस्थाले प्रगति गरेको छ ।   संस्थाको दिगो श्रोत जगेडाकोष हो । सस्थासंग गत वर्ष   ५ लाख ८३ हजार २ सय ३२ रहेको छ  ५  लाख ८५  हजार ३१ रुपैया रहेको देखिन्छ । यस वर्ष १ हजार ४ सय ९९  रुपैयाँ नाफा कमाएको प्रतिवेदनमा प्रस्तुत गरिएको छ । स्थानीय ग्रामीण भेगमा सहकारी राम्रै तरिकाले चल्दै आएको संस्थाका अध्यक्ष दिलकुमार गुरुङले बताएका छ्न । 

साधारणसभामा  उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट  बालबचतकर्ता ,उत्कृष्ट शेयरधनी, ज्येष्ठ महिला पुरुष सम्मान, उत्कृष्ट ४ समूहमा सेवालुङ, जनकल्याण, सिंहदेबि र लालिगुरास समुहहरुलाई सम्मान गरिएको हो ।

  IMG-20250104-WA0014

संस्थाको वार्षिक साधारणसभाको अवसरमा  रुद्र बहादर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ भने उपाध्यक्षमा नारायण प्रसाद गुरुङ, सचिवमा उत्तर कुमार गुरुङ, कोषाध्यदामा उषा गुरुङ सदस्यहरु पदम बहादुर श्रेष्ठ सदस्य, दिक्पाल तामाङ, दोर्ची शेर्पा ,अमृता लिंथेप , चन्द्रवहादुर लिम्बू सर्वसमत निर्वाचित भएका छन् । 

 संस्थालाई अझै राम्रो बनाउने गरि, सहकारीको मर्म अनुसार सहकारीलाई अगाडी बधाएर लैजाने नयाँ कार्यसमिति अध्यक्ष रुद्र बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

IMG-20250104-WA0021