बिराटनगर / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते बिराटनगर माहानगपालिका वडा न.१२ स्थित बिराट सामुदायिक भवनमा सम्पन्न भएको छ।

बिराटनगर सेवा केन्द्र अन्तर्गत सेवा केन्द्र सहयोग उप समितिका संयोजक यमन निरौलाको अध्यक्षता तथा बिराटनगर महानगरपालिका वडा न.१२ का वडा अध्यक्ष हिरालाल कामतको बिशेष आतिथ्यता तथा बिराट सामुदायिक भवनका सचीव ज्ञानेन्द्र कार्कीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस केन्द्रीय कार्यलयका बिभागिय प्रमुख काशीनाथ नेपाल, बिराटनगर माहानगरपालिका १२ नं. वडाका  वडा सदस्यहरु प्रमिला राजबन्शी र देबि बिश्वकर्मा ,बखरी प्रहरी चौकीका इन्चार्ज सदानन्द यादब साथै सेवा केन्द्रका कर्मचारीहरु लगायत १६५ जना शेयर सदस्यकाे सहभागिता रहेको बिराटनगर सेवाकेन्द्र प्रमुख रमेश पौडेलले बताउनुभयो।

IMG-20250105-WA0001

साधरण सभामा सहभागि हरुको छलफल बाट प्रतिबेदन पास गर्नुका साथै १७ जना माइन्युट प्रमाणित गर्ने टिम र ३ जना केन्द्रिय साधारण सभा प्रतिनिधि इकाइ सर्बसम्मत चयन गरिएकाे कार्यक्रम सञ्चालक बिजय कुमार शाहले बताउनुभयो ।