इटहरी । चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर विराटनगर महानगरपालिकाको नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाले लक्ष्य अनुसार राजस्व संकलन र बजेट खर्च नभएपनि चालू आर्थिक वर्ष २०८१÷८२ को बजेटमा करको दायरा र बजेट शिर्षकहरु भने संसोधन गरिएको छ । आइतबार विराटनगर महानगरपालिका कार्यालयमा आयोजना गरिएको अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१÷८२ को अर्ध वाषिर्क समिक्षा प्रस्तुत गर्दै बजेटको आय व्यय विवरण यथार्थ परक र मागमा आधारित भएकाले बजेट शिर्षक र केही योजनाको नाम तथा करको दायरा संसोधन गरेको जानकारी दिनुभयो । उहाले चालू आर्थिक वर्षको साउन देखि पौष १५ गते सम्म आय तर्फ ३५ प्रतिशत अर्थात करिब १ अरब २२ करोड ४८ लाख ३ हजार रुपैया रकम संकलन भएको र व्यय तर्पm करिब २० प्रतिशत अर्थात ६९ करोड ५४ लाख ३८ हजार खर्च भएको जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३ अरब ४९ करोड ९८ लाख ८६ हजार रुपैया बराबरको बजेट ल्याएको थियो ।