सुनसरी । सुनसरीको गढीगाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ ।

“कृषि, शिक्षा पर्यटन र उधोगमा अगाडीः स्वस्थ्य,सुन्दर र समतामुलक र समृद्ध गढी” भन्ने मुल नाराका साथ पुर्व मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा गढी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व मन्त्र भगवती चौधरीले शुभकामना मन्तव्य राख्दैं गढीगाउ“पालिका किसानै किसानले भरीएको गाउ“पालिलकाले जग्गा उपलब्ध गराएमा आधुनिक शित भण्डार बनाउने योजना अघि बढाउने बताइन् ।

गढीका जनताले उपयुक्त ठाउँ उपलब्ध गराउन सके चौधरीले बेरोजारीको समस्या समाधानका लागि उधोग धन्दा स्थापना गर्न पलह गरिने बताइन् ।

चौधरीले आफ्नो क्षेत्रमा दैनिक सकेजति जनताका समस्याहरु समाधानका कार्यहरु गरिरहेकोले कसैको भ्रममा नपर्न आग्रह गरीन् ।

गढी गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलबाहादुर खड्काले समग्र गढीलाई बिकास तर्फ अगाडी बढाउनको लागि हरेक तहबाट बेरुजु समस्याको समाधन गरेर राजश्व बृद्धि गर्न वडाहरुले अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रमका सभा अध्यक्ष तथा गढी गाउ“पालिका अध्यक्ष आश नारायण चौधरी चुनावको बेलामा समग्र गढी घुम्दा बाटो घाटो निकै खराब रहेको हुनाले निर्वाचित भए लगतै बाटोघाटोको समस्याहरु समाधान गर्न तिर अघि बढेको हुनाले ३ बर्षको दौरानमा झण्डै गढी गाउ“पालिकाले केन्द्र र प्रदेशको सहयोग लिई गढीमा २५ देखी ३० किलो मिटिर बाटो कालो पत्रे गर्न सफल भएको र केही स्थानमा निर्माणको चरणमा रहेको बताए ।

गढी गाउँपालिकाको जनताहरु पुर्ण रुपमा विकासको अनुभुति गर्न नपाएको हुनाले पालिकाले गुरु योजना निमार्ण गरि रहेको हुनाले आउने आबमा जनताहरुले समग्र बिकासको कार्यमा अनुभुति गर्न पाउने बताए ।

गढी गाउँपालिकामा बिपन्न वर्गका लागि घर निमर्ण कुनै संस्थाले गरि दिइ रहेको चौतर्फी हल्ला रहेको हुनाले जनताहरुलाई भ्रममा नपर्न पालिकाले सुकुमबासी बस्ती निमार्ण झण्डै २ करोड बजेट उपलब्ध गराएको बताए ।

कार्यक्रम गढी गाउँपालिकाको आफ्नै सभाहलमा भएको थियो । कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाज सेवी बुद्धिजिवी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।