इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४७ करोड ७० लाख बराबरको बजेट ल्याएको छ  । आइतबार बसेको १७ औँ गाउँसभाले आर्थिक वर्ष २०८२÷ ८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सभामार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक ,विनियोजन विद्येयक, र आर्थिक वर्ष २०८२÷८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य सार्वजनिक गर्नुभयो । सभामार्फत शिक्षा, कृषि तथा पशुपंछीलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । शिक्षामा एक करोड ४५ लाख, सडकमा वडा र पालिका गरी करिव  २ करोड, कृषि पशुपंछीमा ९२ लाख, प्रशासनिक भवन तथा फर्निचरमा एक करोड २५ लाख, दुई वटा वडा कार्यालय भवन निर्माणका लागि  एक करोड १० लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । वडा नं ३ र  ८ को वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक वर्षमा आन्तरिक आय  ६७ लाख ९० हजार उठाउने लक्ष्य लिइएको छ ।