इटहरी । इटहरी उपमहानगरपालिका वडा नं ९ को कार्यालयको आयोजना तथा पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि, को सहकार्यमा उद्घोषण तथा युवा तथा महिला नेतृत्व विकास तालिम सुरु भएको छ ।   तालिम असार  ११ गतेदेखि सुरू भई असार १६ गते सम्म  हुने छ । वडा नं ९ का जनप्रतिनिधि सन्जु प्रधानको संयोजकत्वमा तालिम सुरु भएको थियो भने, वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षक सिमा बस्नेतले रहनुभएको छ । तालिममा ३० जना बढी सहभागीहरूले सक्रिय सहभागिता जनाएका छन् । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको वडा अध्यक्ष अध्यक्ष जितेन्द्र थापाले  बताउनुभयो । तालिमले समुदाय मैत्री नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि,ले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि कल्पन कुमार घिमिरे र वडा सचिव नबिन आचार्यको समेत सहभागिता रहेको थियो ।