इटहरी । इटहरीको मिलनचोक स्थित बुढीखोला छेउमा भएको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ शुक्रबार समापन हुने भएको छ । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा असार ८ देखि भएको मेलामा ५ दिन सम्ममा एक सय भन्दा बढी सवारीसाधन बिक्री भएको छ ।  मेलामा ग्राहकहरूले नागरिकताको आधारमै बजाजको मोटरसाइकल फाइनान्स गर्न सकिने व्यवस्था गरिएकाले ग्राहकहरू सन्तुष्टि रहेका छन् । शून्य सर्भिस चार्ज, अन–द–स्पट फाइनान्स सुविधा, थप १० हजार रुपैयाँ बोनस भ्यालुएसन, निःशुल्क एसेसोरिज र आकर्षक छुटहरू प्रदान गरिएको आयोजकले जनाएको छ । मेलाको मुख्य आकर्षणको रूपमा अनुभवी र  प्रमाणित भ्यालुएटरहरु मार्फत ग्राहकको पुरानो बाइकको मूल्यांकन गरी बजार मूल्य भन्दा उच्चतम मूल्य तोकिनेछ । कम्पनीको तर्फबाट बोनस स्वरूप १० हजार रुपैयाँ सम्मको अतिरिक्त मूल्य समेत प्रदान गरिने बताइएको छ । मेलामा मोटरसाइकल खरिद गर्दा यसअघि आवश्यक पर्ने घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोतको प्रमाणपत्र लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ता बन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन स्वीकृत गराई फाइनान्स सुविधा लिन सक्नेछन् । बजार मूल्यभन्दा सस्तोमा मोटरसाइकल पाएको ग्राहकहरू बताउछन् ।ग्राहकहरू सन्तुष्ट रहेको  साथै आगामी दिनमा पनि मेलालाई निरन्तरता दिने बजाज अटोसिटी इटहरीका सञ्चालक जयन्त सन्थलियाले बताउनुभयो । मेलामा नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकले आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक कर समेत निःशुल्क पाउनेछन् । देशका विभिन्न स्थानमा भइरहेको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ उपभोक्तामैत्री योजना बनेको आयोजक कम्पनीको दाबी छ ।