अस्विन दाहाल

इटहरी । लियो क्लब अफ इटहरी इनोभेसनले आर्थिक वर्ष २०२५/२६ का लागि असार १२ गतेका दिन नयाँ कार्यसमिति गठन गरेको छ। यो नयाँ समिति निविरोध रूपमा चयन भएको हो, जसले क्लबको नेतृत्वलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

नयाँ अध्यक्षमा निशेस दाहाल निर्वाचित भएका छन्। उनि क्लबमा लामो समयदेखि सक्रिय छन् र सामाजिक कामहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएका व्यक्ति हुन्। उनी क्लबलाई अझ सशक्त र प्रभावकारी बनाउन प्रतिबद्धता गरेका छन् ।

कार्यसमितिका पदाधिकारीहरूमा राजकुमार तामाङ प्रथम उपाध्यक्ष, सनम फुयाल दोस्रो उपाध्यक्ष, बिपना अधिकारी तेस्रो उपाध्यक्ष, भवनमा रिजाल सचिव, सन्ध्या गिरि सह-सचिव, सरिता आचार्य कोषाध्यक्ष, दिपा चौहान सह-कोषाध्यक्ष र उज्वल निरौला मेम्बर ग्रोथ चियरपर्सन रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित लायन सान्ता काफ्लेले नयाँ कार्यसमितिलाई बधाई दिदै उनले युवाहरूलाई सामाजिक सेवामा अझ सक्रिय भएर लाग्न प्रेरित गर्दै, नेतृत्व क्षमतामा वृद्धि गर्न सुझाव दिएकि छिन्।

क्लबका सल्लाहकार तथा लायन्स क्लब अफ इटहरी इनोभेसनका चाटर प्रेसिडेन्ट लायन दिपक पोख्रेलले क्लबको स्थापना कालदेखि वर्तमानसम्मको यात्रा स्मरण गर्दै नयाँ नेतृत्वलाई जिम्मेवार र नतिजामूलक काम गर्न सुझाव दिए । साथै, लायन पदम लुङ्गेली, लायन मदन लिम्बू र लायन चेवन खतिवडालगायतले पनि नयाँ कार्यसमितिलाई शुभकामना र सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नव निर्वाचित अध्यक्ष निशेस दाहालले क्लबलाई अझ व्यवस्थित, सक्रिय र समुदायको हितमा काम गर्ने संस्था बनाउने प्रतिवद्धता व्यक्त गर्दै भने, “हामी सबै मिलेर नयाँ योजना र सोचसहित क्लबलाई अगाडि बढाउनेछौं। सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध रहँदै सकारात्मक परिवर्तन ल्याउने हाम्रो लक्ष्य हुनेछ।”Messenger_creation_8E7471FC-6704-4A15-9018-7DFC2C752EB5

सचिव भवनमा रिजालले क्लबको नियमित कार्यक्रम सञ्चालन र सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न ध्यान दिइने जानकारी गराइन्।

लियो क्लब अफ इटहरी इनोभेसनले विगतमा शिक्षा, स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, महिला सशक्तिकरण र वातावरण संरक्षण लगायतका थुप्रै सामाजिक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वसँगै क्लबले आगामी दिनमा अझ नयाँ र समुदायमैत्री कार्यक्रमहरू अघि बढाउने योजना बनाएको छ।