इटहरी । मदन भण्डारी फाउन्डेसन, उदयपुरले शनिबार जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा सात जना हरित प्रवर्तक नर्सरी सञ्चालकलाई सम्मान गरेको छ । नेकपा एमाले जिल्ला कमिटी उदयपुरको समन्वय र मदन भण्डारी फाउन्डेसन उदयपुरको आयोजनामा उनीहरूलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा अकुवा एन्ड गार्डेन नर्सरी त्रियुगा नगरपालिका–११ का सञ्चालक जीवन भुजेल, सरस्वती नर्सरी त्रियुगा नगरपालिका–३ मोतीगडाका भिखनाथ मोची, ओखलढुङ्गे नर्सरी त्रियुगा नगरपालिका–१२ का सञ्चालक धुर्वकुमारी राई, लक्ष्मी नर्सरी त्रियुगा नगरपालिका–१० का सञ्चालक किरन पुलामी मगर, अजम्मरी कृषि नर्सरी त्रियुगा नगरपालिका–५, श्रीपुरका सञ्चालक शुष्मा राई, ध्रुव नर्सरी त्रियुगा नगरपालिका–११ का सञ्चालक पदमबहादुर कार्की र उत्तम हाइटेक नर्सरी त्रियुगा नगरपालिका–३ का सञ्चालक कुन्दन ढुङ्गाना रहेको मदन भण्डारी फाउन्डेसन उदयपुरका अध्यक्ष विकास बन्जाराले बताउनुभयो ।
हरित प्रवर्तक सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अहिलेको अवस्थामा जलवायु परिवर्तन र वातावरणीय प्रदूषणले गम्भीर असर पु¥याइरहेको बेला पृथ्वीलाई पुनः हराभरा बनाउन नर्सरीमार्फत लाखौँको सङ्ख्यामा बेर्ना उत्पादन गरी वन विस्तार तथा हरियाली प्रवर्धनमा सहयोग गर्नेहरू ओझेलमा पर्दै आउनुभएको अवस्थामा सम्मान गर्ने कार्य आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । यसै अवसरमा उदयपुरका विभिन्न पालिकाबाट आएका मोतीविन्दुका ४९ जना बिरामीको नेपाल नेत्रज्योति सङ्घ मदन भण्डारी आँखा अस्पताल गाईघाटले शुक्रबार निःशुल्क शल्यक्रिया गरेकोमा शनिबार उहाँहरूको आँखाको पट्टि खोलिएको छ ।
मदन भण्डारी फाउन्डेसन उदयपुरको सहयोग र नेपाल नेत्रज्योति सङ्घ मदन भण्डारी आँखा अस्पतालको समन्वयमा भएको मोतीविन्दुका बिरामीको आँखाको शल्यक्रिया कार्य्रक्रमलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ नेत्र विशेषज्ञ डा। वेन्जु लामिछाने नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो ।


