इटहरी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीद्वारा २२औँ राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।

इटहरी वडा नं. १४ स्थित नरबसामा आयोजित उक्त कार्यक्रममा खेतमा धान रोपेर दिवस मनाइएको हो। पार्टीका प्रारम्भिक संगठनहरूमध्ये एकको उद्गमस्थल भएकाले सोही स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ।

पार्टी संयोजक गौरिमान परियारले राष्ट्रिय धान दिवसलाई निरन्तरता दिँदै आफ्नै ठाउँमा कृषि उत्पादन र त्यसको बजारीकरणमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित रोपाइँ कार्यक्रम गरिएको बताउनुभयो।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) सुनसरी जिल्ला कमिटी अध्यक्ष गोविन्द निरौलाले राजनीतिसँगै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै, यस्तो कार्यक्रमले आम नागरिकलाई कृषितर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमकी प्रमुख अतिथि तथा प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले कृषिमा आधारित उत्पादनमा जोड दिँदै जनतालाई कृषिमा संलग्न गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताउनुभयो। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा कार्यक्रममा नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्यहरू केवल फुयाल, खगेन्द्र ओली,सुस्मा तिम्सिना,कमला दुलाल , सुनसरी जिल्लामा कमिटीका सदस्यहरू कैलाश राई ,पुर्व जिल्ला कमिटी सदस्यहरू ,प्रेम रौतार ,पुर्व उपाध्यक्ष रामचन्द्र मटियैत ,नयन तारा सिटौला पुर्व जिल्ला कमिटी सदस्य , गणेश बुढाथोकी , युवा नेता रमेश खत्रि ,पूर्व जिल्ला कमिटीका पदाधिकारीहरू तथा इटहरी उपमहानगर कमिटीका पदाधिकारीसहित पार्टीका विभिन्न तहका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।