इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले स्थानीय पाठ्यक्रममा आधारित निर्माण गरिएको  ‘हाम्रो पथरी शनिश्चरे’ ९कक्षा १–५० पुस्तक सार्वजनिक गर्नुभएको छ।  आइतबार नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल, लेखक तथा सम्पादक चेतन पौडेल, ऋृषिराज धिमाल, अर्जुन जम्नेली राई, रबिन भट्टराईको हातबाट सार्वजनिक भएको हो ।  सो पुस्तक सार्वजानिक गरिनुका साथै नगर प्रमुख तुम्वापोले विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई पुस्तक वितरण गर्नुभएको थियो । विसं २०७८ सालमा निर्माण भएको पाठ्यक्रम अनुसार यस शैक्षिक सत्रमा सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पुस्तक निःशुल्क वितरण गरिने जनाइएको छ। कक्षा ६ देखि ८ सम्मका पाठ्यपुस्तकहरू पनि प्रकाशनका क्रममा रहेको शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले बताउनुभयो। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ अनुसार राष्ट्रिय पाठ्यक्रममा नपरेका स्थानीय भाषा, लिपि, धर्म, संस्कृति, कला, खेल लगायत ९ वटा बिषय समेटेर स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक प्रकाशन गरिएको छ। स्थानीय पाठ्यक्रमरपाठ्यपुस्तकको मूल उदेश्य स्थानीय ज्ञान, सिप, प्रविधि,  भाषा, धर्म, संस्कृति, लिपी, कला, भूगोल, पर्यटन, कृषि उत्पादन, स्थानीय समस्या, आर्थिक क्रियाकलाप, स्वाथ्य, वातावरण, प्रकृतिक प्रकोप आदि समावेश गर्नु रहेको छ । पाठ्यक्रम अनुसार पुस्तक लेखनको लागि पथरीशनिश्चरे नगरपालिकाले १३ जना विज्ञ प्रतिष्पर्धाबाट छनौट गरिएको नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । पाठ्यक्रम÷पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रममा नपरेका, नसमेटिएका स्थानीय ज्ञान, सिप, प्रविधि समेटेर निर्माण गर्न स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ अनुसार राष्ट्रिय पाठ्यक्रममा नपरेका स्थानीय भाषा, लिपि, धर्म, संस्कृति, कला, खेल लगायत ९ वटा बिषय समेटेर स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक प्रकाशन भएको प्रमुख प्रशासकीय अधिकृत शशी राईले जनाउनु भयो।  पुस्तक लेखन तथा संपादनको लागि पथरीशनिश्चरेका १३ जना विज्ञहरु क्रमश स् चेतन पौडेल, ऋषिराज धिमाल, अर्जुन जम्नेली राई, रोहिणी घिमिरे, रबिन भट्टराई र डिल्लीराज दाहाल रहेका छन् । यसै गरी, पुस्तक लेखनमा डा। सोम धिमाल, दुर्गादेवी दंगाल, केशवप्रसाद निरौला, टिकाप्रसाद घिमिरे, उपेन्द्र बस्नेत, हर्कराज जिमी, जानकी चेम्जोङ र सम्पादन टिममा ६ जना सहित १३ जना रहेको नगर शिक्षा विभागले जनाएको छ ।