पाँचथर – राष्ट्रिय धान दिवसको अवसरमा नेपाल तरुण दल फाल्गुनन्द गाउँ कार्य समितिको आयोजनामा फाल्गुनन्द गाउँपालिकामा शुभकामना आदान–प्रदान तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका उपसभापति तथा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल फाल्गुनन्द गाउँपालिका अध्यक्ष गोपाल घिमिरेले गर्नुभएको थियो।

यसै अवसरमा फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा फिदिम बजारमा पनि दही–चिउरा कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापति रूपनारायण जवेगु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा निवर्तमान सभापति नरेन्द्र कुमार केरूङ र नेपाल तरुण दल पाँचथर अध्यक्ष सुमन लामा विशेष अतिथि रहनुभएको थियो।

सभापति जवेगुले कार्यक्रममार्फत धान दिवस र दही–चिउरा दिवसको शुभकामना व्यक्त गर्दै यस्ता राष्ट्रिय दिवसहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी आत्मीयता बढाउने विश्वास व्यक्त गर्नुभयो।IMG-20250629-WA0111

त्यसैगरी, विशेष अतिथि सुमन लामाले नेपाल तरुण दलद्वारा आयोजित रचनात्मक कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिले युवाबीच एकता सुदृढ गर्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि सृजनात्मक कार्यक्रमहरूमा निरन्तरता दिनु पर्ने सुझाव दिनुभएको थियो।