मोरङ | मोरङको केराबारी गाउँपालिकामा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ ।
प्रेस नेटवर्क म्यानेजमेन्ट प्रणालीको आयोजना तथा केराबारी गाउँपालिकाको सहकार्यमा सुरु भएको सो तालिम सोमबार देखि एकता सामुदायिक भवन, केराबारीमा सञ्चालन भइरहेको छ । कार्यक्रमको उद्घाटन प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष विकल पौडेलको अध्यक्षता तथा केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस्ता तालिमले युवाहरूको नेतृत्व क्षमता विकास गर्न मद्दत पुग्ने बताउनु भयो । गाउँपालिकाले आगामी वर्षमा समेत यस्ता तालिम गर्दै जाने उहाँको भनाइ छ । तालिममा केराबारी गाउँपालिकाका विभिन्न वडा तथा क्षेत्रबाट २५ जना भन्दा बढीको सहभागीता रहेको छ ।
तालिममा उद्घोषण सीप, प्रभावकारी सञ्चार, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, समूह व्यवस्थापन, सार्वजनिक प्रस्तुती कौशल जस्ता विषयमा प्रशिक्षण दिइँदैछ । तालिमको प्रशिक्षक सिमा बस्नेत रहनुभएको छ ।
प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ । तालिमको समापन असार २१ गते हुने छ । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख मिना पहाडी लगाएतको सहभागीता रहेको थियो ।


