इटहरी | इटहरी उपमहानगरपालिका वडा नं ९ को सहकार्य तथा तथा पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि, को आयोजनामा युवा तथा महिला नेतृत्व विकासका लागि भएको उद्घघोषण तालिम समापन भएको छ ।
तालिम असार ११ गतेदेखि सुरू भएको तालिम वडा नं ९ का जनप्रतिनिधि सन्जु प्रधानको संयोजकत्वमा तालिम सुरु भएको थियो । समापन कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षक सिमा बस्नेतले गर्नु भएको थियो ।
तालिममा ३० जना बढी सहभागीहरूले सक्रिय सहभागिता थिए । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको वडा अध्यक्ष अध्यक्ष जितेन्द्र थापाले बताउनुभयो । तालिमले समुदाय मैत्री नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
समापन तालिममा सहभागी सम्पुर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो । पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि,ले विभिन्न ठाँउमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकासमा तालिम सञ्चालन गर्दै आएको छ ।
समापन कार्यक्रममा जनप्रतिनिधि कल्पन कुमार घिमिरे, राधिका पौडेल , जनता माध्यमिक इटहरी विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देल, लगाएतको बाक्लो सहभागिता रहेको थियो ।


