भोजपुर | माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरू र उनीहरूलाई सफलताको मार्गमा डोहो¥याउने शिक्षकहरूलाई सम्मान गर्न सगरमाथा माध्यमिक विद्यालय, सिक्रेटारमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

अरुण गाउँपालिका–७ नम्बर वडाको आयोजनामा आयोजित उक्त समारोह शैक्षिक उत्कृष्टता र संस्थागत उत्तरदायित्वप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा सफल विद्यार्थीहरूलाई माला, खादा, टीका र शुभकामनासहित बधाई दिइयो भने, शिक्षक वर्गलाई सम्मानपत्रद्वारा औपचारिक रूपमा सम्मान गरिएको थियो।

समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्री रहेका थिए। विशेष अतिथिमा उपाध्यक्ष विनिता ढकाल, शिक्षा विकास निर्देशनालय धनकुटाका उपसचिव तथा उपनिर्देशक ईश्वरीप्रसाद ओझा, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, पूर्व वडाध्यक्ष डिल्लीराम अधिकारी, गाउँ कार्यपालिका सदस्य ललितकुमार राई, नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य बिमल खड्का, शिक्षा शाखा प्रमुख मोहनसिंह साउद, निर्देशनालयका प्राविधिक सहायक बाबुराम पाण्डे, नेपाली कांग्रेस अरुण गाउँपालिका सभापति कुमार राई, नेकपा एमाले अध्यक्ष बुद्धिबहादुर खड्का, प्रहरी चौकी जरायोटारका इञ्चार्ज नारायण प्रधानलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा राजनीतिक दल, विभिन्न संघ–संस्था, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।1751301181394

कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गर्नुका साथै शिक्षकहरूको योगदानको उच्च सम्मान गर्दै शैक्षिक वातावरण सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।