इटहरी । अधिकारीले वडामा भएको गतिविधिलाई मध्यनजर गर्दै बेलका–४ को मूल्य क्षेत्रमा क्यामरा जडान गरेका हुन् । स्कुल एरियामा त्यहाँ विद्यार्थीको आवतजावत बढी हुने भएकाले जडान गरेको अधिकारीले बताए । एउटा बेलका–४ को वडा कार्यालय भएको स्थानमा क्यामरा जडान गरेको  चालु आर्थिक वर्षको बजेटमा ४ नम्बरको सिसी क्यामरा जडानका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको मध्यबाट अपुग भएपछि बेलकाका मेयर अशोक कार्कीको अन्य कोषबाट बजेट रकमान्तर गरेर क्यामरा जडान गरिएको अधिकारी बताउँछन् । विगतमा भएको दुर्घटनाको अनुसन्धान गर्ने सहयोग नहुने भएकाले गर्दा क्यामरा जडान गर्नुपर्छ भन्ने भएको अधिकारीकाले बताए । सुरक्षासँग पनि जोडिएको कुरा भएकाले गर्दा इलाका प्रहरी चौकी लाल बजारले हेर्ने गरी क्यामरा राखिएको अधिकारीले जानकारी दिए । क्यामरा जडानपछि चोरीका घटना र लागुऔषध दुर्व्यसनीको घटनालाई समेत न्यूनीकरण गर्ने अधिकारी बताउँछन् ।