इटहरी । रोटरी वर्षको सुरुवातको अवसर पारेर पहिलो कार्यक्रम अन्तरगत विवेकानन्द मार्गको सडक आसपासको क्षेत्रमा हरियाली वढाउने तथा सौन्दर्यकरणका लागि रोटरी क्लव अफ इटहरी लगायतका संस्थाहरुले संयुक्त वृक्षारोपण गरेका छन ।
रोटरी क्लव अफ इटहरी , रोट्याक क्लव इटहरी ,सुनसरी र सुन्दरहरैचाको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ विवेकानन्द मार्गमा वृक्षारोपण गरिएको हो ।
रोटरी क्लव अफ इटहरीका अध्यक्ष डीसी चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्यमा विवेकानन्द मार्गमा कोइरालो , करबीर ,सिरिस, सरिफा ,अशोक लगायतका ९० वटा विरुवाहरु लगाइयो ।
रोटरी वर्षको सुरुवातको अवसर पारेर पहिलो कार्यक्रम अन्तरगत विवेकानन्द मार्गमा हरियाली र सौन्दर्यकरणका लागि विभिन्न जातका फूल लगायत विरुवा लगाइएको रोटरी क्लव अफ इटहरीका सदस्य सन्तवहादुर डुम्जनले जानकारी दिए ।
सुवास बस्नेतको संयोजकत्वमा भएको सो कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु लक्ष्मी घिताल , अनन्त विष्ट , विजुवैनी श्रेष्ठ,निवर्तमान अध्यक्ष कृष्णराज श्रेष्ठ,रोट्याक क्लवका अध्यक्षहरु इटहरीका सितल घिताल, सुनसरीकी श्रीशा पराजुली , सुन्दरहरैचाका अनिल सिग्देल, विवेकानन्द मार्ग टोल विकास सस्थाका अध्यक्ष कमलकात्त राई लगायतको सहभागिता रहेको थियो ।


