इटहरी | इटहरीमा पहिलो पटक सुरू भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिताको दोस्रो दिन सेमिफाइनल र फाइनलमा १० जना प्रवेश गरेका छन् ।
नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा मंगलबार देखि इटहरीको क्लब के मा सूरू भएको प्रतियोगिताको दोस्रो दिन नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सुर्य राईको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए । छनौट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीहरूबीच अन्तिम प्रतिस्पर्धा असार २१ गते हुने छ । प्रतियोगिताका विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेल २० हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ । नगद पुरस्कारसँगै प्रमाणपत्र र ट्रफीको व्यवस्था समेत गरिएको छ ।
युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुद मार्फत अनुशासन, मर्यादा र स्वास्थ्य प्रति प्रेरित गर्ने साथै युवाहरूलाई लागु औषध दुव्र्यसनीबाट मुक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिता केवल खेलका लागि मात्र नभई, युवालाई अन्याय, शोषण र दमनविरुद्ध सधैं लाग्ने र खेलकुद मार्फत अनुशासन तथा मर्यदातर्फ प्रेरित गर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेश सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सूर्य राईले बताउनुभयो ।
दोस्रो दिनको कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नं ३ का उपाध्यक्ष सञ्जय बुढाथोकी, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य अध्यक्ष नवीन कटवाल, नेपाल तमु गुरुङ संघ कोशी प्रदेश सदस्य दिव्य राज गुरुङ , आदिवासी जनजाति महासंघ सुनसरी क्षेत्र नं २ का क्षेत्रीय सभापति तेज नारायण चौधरी ,नेपाल तरुण दल क्षेत्र नं ३' क ' सभापति नजम हुसैन ,नेपाल तरुण दल रामधुनी नगर समितिका उप सभापति सौगात गौतम ,नेपाली कांग्रेस इटहरीका युवा नेता विजय के सी , विद्यार्थी नेता थानेश्वर ओझा ,लगायत नेपाली कांग्रेस,नेपाल तरुण दल, नेपाल लोकतान्त्रिक खेलकुद संघ,विभिन्न भातृ संगठन,शुभेच्छुक संगठन,युवा,विद्यार्थी, खेलाडी,प्रतिस्पर्धीहरू को सभ्य र भव्य उपस्थितिमा सम्पन्न भएको हो ।