इटहरी । आर्थिक वर्ष २०८१÷०८२ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएका कार्यसम्पादन परीक्षण तथा विद्यार्थी सिकाइ उपलब्धि परीक्षणका प्रतिवेदन तथा नतिजाहरूको प्रबोधीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय धनकुटाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सन् २०२३ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थिहरुको सिकाई उपलब्धिबारे गरेको राष्ट्रिय परीक्षणको नतिजा के–कस्तो छ भनी प्रस्तुत गरिएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० को नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान गरी चार वटा विषय माथि गरिएको विद्यार्थिहरुको सिकाई उपलब्धिबारे परीक्षण गरेको जानकारी दिँदै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानो ठिमी भक्तपुरका निर्देशक प्रमिला बखतीले बताउनु भयो। परीक्षणले विद्यार्थिहरुको सिकाई अवस्था सन्तोष जनक नरहेको र यी चार विषयमा मात्रै नभई विद्यार्थिहरुको सिकाइ उपल्ब्धी सम्पूर्ण षियमा एकदमै कमजोर रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ। समग्र देशभरिका विद्यार्थिहरुको शैक्षिक सिकाई गुणस्तरको बारेमा कमजोर रहेको पाइएको छ । विद्यार्थिहरुमा उनीहरूको तह अनुसार हुनुपर्ने ज्ञान सिप समेत नभएको हुनाले ती सबै विद्यार्थिहरुको सिकाइ उपलब्धि बढाउन स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकारले सम्बन्धित विषय शिक्षकलाई समेत ऊर्जा मिलने गरी कुनै निश्चित कार्यक्रम बनाएर समग्र देशको शैक्षिक गुणस्तर बढाउनमा जोड दिनुपर्ने शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पोख्रेलले बताउनु भयो । छात्राको छात्र भन्दा कमजोर, सहरी भन्दा ग्रामीण भेगका विद्यार्थीहरुको कमजोर, नेपाली मात्री भाषा भएका विद्यार्थी भन्दा अन्य मात्रीभाषा भएका विद्यार्थिहरुको सिकाई गुणस्तर अवस्था कमजोर, आमाबुबाको आर्थिक शैक्षिक स्तर बढी भएका विद्यार्थिहरुको भन्दा आर्थिक शैक्षिक अवस्था कमजोर भएका विद्यार्थीहरुको सिकाईमा प्रभाव पारेको देखिएको र समयमा गृहकार्य गर्ने, कक्षामा पनि खालि समय भएको बेला पनि कक्षाकार्य गर्ने विद्यार्थिको सिकाई उपलब्धि राम्रो देखिएको प्रतिवेदनमा उल्लख रहेको छ ।

