इटहरी | विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु बुधबार देखि कोशी प्रदेशमा विक्री वितरण सुरु भएको छ । 

भारतमा उत्पादित साटो ब्रान्डका सामग्रीहरू नेपालमा आधिकारिक रूपमा  ट्रिनक्स एडहेसिभ कम्पनीमार्फत भित्र्याइएको हो । कोशी प्रदेशका लागि आधिकारिक वितरकको रूपमा  विनायक हार्डवेयर स्टोर प्रा. लि., इटहरीले व्यावसायिक कारोबार सुरु गरेको छ । एक कार्यक्रमका विच इटहरीमा साटो ब्राण्डका उत्पादनहरु कोशी प्रदेश डिलरहरु मार्फत विक्रीवितरणका लागि आधिकारीक विक्रेताको रुपमा रहेको विनायक हार्डवेयरलाई सामान हस्तान्त्रण गरेर व्यसायिक कारोबार गरिएको हो । साटो ब्रान्डले छोटो समयमै विश्वका धेरै देशहरू भारत, चीन, हङकङ, कतार, दुबई हुँदै नेपाल सम्म आफ्नो बजार विस्तार गरेको छ । घरायसी देखि औद्योगिक प्रयोजन सम्म प्रयोग हुने यी टाँस्ने र जोड्ने सामग्रीहरू गुणस्तरीयता र विश्वसनीयताका कारण बजारमा लोकप्रिय बनेका छन् । साटोले अत्याधुनिक उत्पादन एकाइहरू र प्रविधिको प्रयोग गरी बाइन्डिङ, लेमिनेसन र प्याकेजिङका लागि स्वचालित प्रणाली मार्फत सामग्री उत्पादन गर्दै आएको छ । साटोले कच्चा पदार्थको छनोट देखि अन्तिम उत्पादन मूल्याङ्कन सम्म कडा गुणस्तर नियन्त्रणको प्रक्रिया  विनायक हार्डवेयर स्टोर प्रा. लि. का सञ्चालक पंकज अग्रवालले बताउनुभयो ।

अनुसन्धान र विकासमा अग्रणी मानिने यस ब्रान्डले नयाँ प्रकारका टाँस्ने उत्पादनहरू नियमित रूपमा आविष्कार गर्दै आएको  ट्रिनोक्स कम्पनीका प्रेशिडेन्ट मार्केटिङ्ग म्यानेजर विवेक शर्माले बताउनुभयो  । उद्योगका नयाँ प्रवृत्ति र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन विस्तार गरिरहेको उहाको भनाइ छ।

हाल साटोले सातै प्रदेशमा आफ्ना डिस्ट्रीब्युटरहरू मार्फत ९ सय भन्दा बढी रिटेलरहरूसँग साझेदारी गर्दै व्यवसायिक सञ्जाल विस्तार गरिसकेको छ । साटोका प्रमुख उत्पादनहरूमा आर्सिलो , एक्स्ट्रीम, ओसियन, इलाइट , डिलक्स र हिटगार्ड जस्ता उच्चस्तरीय वुड र रबर एडहेसिभहरू समावेश छन् । यी उत्पादनहरू विशेष रूपमा वज्र, जलप्रतिरोधी र प्रयोगमा सहज छन्, जसले विभिन्न सामग्रीहरूलाई दीर्घकालीन रूपमा मजबुत रूपमा टाँस्न सक्षम बनाउँछ ।