इटहरी । कोरोना संक्रमित देखिन थालेसँगै विराटनगर महानगरले खोप सञ्चालन गर्ने भएको छ। महानगरका वरिष्ठ जनस्वाथ्य अधिकृत रमेश कार्कीका अनुसार पछिल्लो केही दिनयता महानगरमा संक्रमितको संख्या देखिएसँगै सतर्कता अपनाउँदै दीर्घरोगी, ५५ वर्षमाथि उमेर समूहलगायतका नागरिकलाई खोप लगाइने छ। कार्कीका अनुसार महानगरमा हाल ४ जनामा संक्रमण पुष्टि भएको छ। महानगरको वडा नम्बर २ मा दुई जना, वडा नम्बर ९ मा एक जना र वडा नम्बर १६ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। उनले दीर्घरोगीहरुले भीडभाडमा कम जाने र जानैपर्ने अवस्थामा मास्क लगाउनुपर्नेमा जोड दिए। महानगरले बुधबार र बिहीबार रानी अस्पताल, वैजनाथपुर अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउने जनाएको छ।


