इटहरी । दुहबी नगरपालिकाको स्वास्थ्य शाखाले तयार पारेको तथ्याङ्कले रिषिदेव समुदायका ५० प्रतिशत बालबालिका हरुमा कुपोषणको शिकार बन्दै गएको देखाएको छ । दुहबी नगरपालिकामा पोषणमैत्री स्थानिय शासनको अवधारणा सम्वन्धी अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख बिन्देस्वर प्रसाद महतोले उक्त डाटा सार्वजनिक गर्नुभएको हो । दुहबी नगरपालिकामा बार्षिक लगभग ११ सय ५० बालबालिकाको जन्मदर रहेको त्यसमा ३३% कुपोषित बालबालिका देखिएको तथ्याङ्क भेटीएको छ । दुहबी नगरपालिकामा १०% जनसंख्या रिषिदेव समुदायको रहेको छ । दुहबी नगरपालिकाले बार्षिक ३३ लाख भन्दा बढी रकम पोषण क्षेत्रमा खर्च गर्दै आएको भए पनि तुलनात्मक रुपमा पर्याप्त नभएको भन्दै महतोले निजि क्षेत्रका ब्यावसायिहरुले सामाजिक उत्तरदायित्व तर्फ खर्च गर्नुपर्ने १% रकम पोषणमा लागु गरे प्रभावकारी रहने जानकारी दिनुभयो । बालमैत्री शासनको मुख्य प्रारम्भ पोषण रह्को भन्दै कार्यबाहक नगर प्रमुख मेनुका खतीवडाले दुहबी नगरपालिकाले सुनौला हजार दिन , बिद्यालयमा दिवा खाजा , जस्ता कार्यक्रम सन्चालन गर्दै आएको र थप पोषण सम्बन्धी कार्यक्रम सन्चालन गरिने जानकारी दिनुभयो ।


