प्रेक्षा आचार्य

इटहरी – महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासका उद्देश्यसहित लेडिज अफ लिबर्टी एलायन्सद्वारा आयोजित अभिमुखीकरण तथा नेतृत्व प्रशिक्षण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।

"मेचीदेखि महाकालीसम्म" फैलिएका २५ जना सक्षम र प्रेरणादायी महिलाहरूको सहभागिता रहेको उक्त कार्यक्रम इटहरीस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको हलमा सम्पन्न भएको हो।

कार्यक्रमको प्रारम्भिक अभिमुखीकरण सत्र इटहरी च्याप्टर लिड प्रेक्षा आचार्यको सहजतामा सम्पन्न भयो। त्यसपछि नेतृत्व विकास सत्रको सहजीकरण मौसम कोइरालाले गर्नुभएको थियो। सहभागी महिलाहरूले प्रशिक्षणमार्फत नेतृत्व क्षमताको विकास, नेटवर्किङ तथा सामाजिक योगदानका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने मार्गदर्शन प्राप्त गरेका थिए ।IMG-20250725-WA0032

लिडिज अफ लिबर्टी एलायन्सले महिला नेतृत्व, आत्मनिर्भरता र सशक्तिकरणलाई केन्द्रमा राखी यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।