भोजपुर | बदलिंदो समयसँगै उत्सव, विवाह वा विशेष अवसरहरूमा गहना वा जिन्सी उपहार दिनुको सट्टा बीमा पोलेसी उपहार दिने चलन विस्तार हुँदै गएको छ।
त्यही सन्दर्भमा, भोजपुर नगरपालिका–१२ टक्सार निवासी खेमराज खत्रीले एसईई परीक्षामा उत्कृष्ट अंकसहित सफल भएका छोरा खगेन्द्र खत्रीलाई बीमा पोलेसी उपहार दिएका छन्। उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखामार्फत ६ लाख रुपैयाँको "अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना" अन्तर्गत बीमा पोलेसी प्रदान गरेका हुन्।
उक्त बीमा पोलेसी हिमालयन लाइफ इन्स्योरेन्सको भोजपुर उपशाखा प्रमुख बिमल रणपहेलीले खगेन्द्र खत्रीकी आमा ध्रुवकला बुढाथोकीलाई हस्तान्तरण गरेका थिए।
शाखा प्रमुख खपहेलीले जीवन अमूल्य भएको र प्रत्येक पाइलामा जोखिम रहने भएकाले सबैले जीवन बीमामा जोडिनु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले जीवन बीमामार्फत आर्थिक जोखिमको हस्तान्तरण गरेर भविष्यलाई सुरक्षित बनाउन सकिने बताए।
बुबा खेमराज र आमा ध्रुवकला बुढाथोकीले भने, “छोराको उज्जवल भविष्यको कामना गर्दै हामीले अन्य भौतिक उपहारको सट्टा बीमा पोलेसी उपयुक्त ठानेर प्रदान गरेका हौँ।”


