बराहक्षेत्र | नेपाली कांग्रेस महासमिति सदस्य तथा सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शुशिला खनालको पहलमा केन्द्रीय स्वास्थ्य विभागमार्फत पाँच थान अक्सिजन सिलिन्डर र आवश्यक औषधि बराहक्षेत्र नगर अस्पताललाई हस्तान्तरण गरिएको छ।

बराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालका लागि उपलब्ध गराइएका अक्सिजन सिलिन्डर र औषधिहरू अस्पतालका व्यवस्थापक दिबश बिष्टलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नं ८ का वडाध्यक्ष रोशन खड्का, सप्तकोसी बहुमुखी क्याम्पस प्रमुख शुशिल कोइराला, क्याम्पस प्राध्यापक संघ अध्यक्ष केसव पुरी, स्ववियु अध्यक्ष विज्ञान लिम्बु, नेविसंघ इकाई अध्यक्ष शिशिर तामाङ, जनक मा.वि. व्यवस्थापन समिति अध्यक्ष चित्र राई, ने.का. बराहक्षेत्रका नेता तथा समाजसेवी शिवराय माझी, स्ववियु सदस्य मनोज निरौला, नेविसंघ उपाध्यक्ष सरोज भट्टराई, नेविसंघ नगर अध्यक्ष कुशल सिक्तेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका सहभागीहरूले अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव न्यूनिकरण गर्न यस्ता सहयोगहरू महत्त्वपूर्ण हुने बताएका छन्।