भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित श्री बालसन्सारी आधारभूत विद्यालय, माझीगाउँमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वडा अध्यक्ष गणेश टक्का राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य मैना राई, माओवादी केन्द्र वडा पार्टी अध्यक्ष रामबहादुर खड्का, जरायोटार स्वास्थ्य चौकी प्रमुख प्रमानन्द गिरी, श्री बालसन्सारी आ.वि. प्र.अ. कल्पना राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तरकुमार श्रेष्ठ, पूर्व जरायोटार गा.वि.स. उप–प्रधानपञ्च तिलकबहादुर थापा, खेलकुद विकास समिति अध्यक्ष राइस नाखोक लगायत स्थानीय बुद्धिजीवी तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

शिविरमार्फत रक्तचाप, सुगरलगायत सामान्य स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो। साथै आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क ट्र्याकसुट वितरण गरिएको थियो।IMG-20250819-WA0115

त्यसैगरी, सामाजिक सुरक्षा भत्ता अन्तर्गत बायोमेट्रिक प्रविधिबाट वडा नम्बर ७ का ३१ जना लाभग्राहीहरूको नवीकरण गरिएको छ। साथै, वडा बाहिरका ३ जनाको समेत नवीकरण कार्य सम्पन्न भएको वडा कार्यालयले जनाएको छ। कार्यक्रमको सहजीकरण वडा सचिव रविकुमार राईले गर्नुभएको थियो।IMG-20250819-WA0112