सुनसरी / सुनसरीको इटहरीस्थित श्री ज्योति माध्यमिक विद्यालयले पछिल्लो समय सामुदायिक विद्यालय पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ईश्वर विक्रम शाहको नेतृत्व आएसँगै विद्यालयले शिक्षादेखि पूर्वाधारसम्मको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो पहिचान नवीकरण गर्न सफल भएको हो।
विद्यालयले कक्षा १२ मा सिभिल इन्जिनियरिङ संकाय सुरु गरेर फिजिक्स, क्यामेस्ट्री र गणितजस्ता कठिन विषयमा उत्कृष्ट नतिजा हासिल गरेको छ भने साइन्स संकायका विद्यार्थीहरूले शतप्रतिशत नतिजा ल्याएका छन्। यसले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षामा अग्रणी बन्न सक्ने प्रमाणित गरेको विद्यालय प्रशासनको दाबी छ।

बिज्ञान तथा प्राबिधिक धार (शिभिल इन्जिनियरिङ ) पास हुन सफल विद्यार्थी
नयाँ व्यवस्थापन समितिको नेतृत्वमा आएको परिवर्तनपछि ३५० भन्दा बढी विद्यार्थीले भर्ना गरिसके पछि अहिले हजारभन्दा बढी विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन्। यससँगै विद्यालयमा पठनपाठन, विद्यार्थीको व्यवहारिक सीप, सामाजिक उत्तरदायित्व र प्रविधिमूलक शिक्षामा समेत जोड दिइएको छ।
प्रधानाध्यापक चिरन्जीवी भट्टराईका अनुसार विद्यालयले गत वर्षको एसईई परीक्षामा सुनसरी जिल्लाकै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउँदै पहिलो स्थान हासिल गरेको थियो। भौतिक पूर्वाधार विस्तार, योग्य शिक्षक नियुक्ति तथा विभिन्न सेवा–सुविधा थपिँदै गएको कारण विद्यालय विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको छ।
अध्यक्ष ईश्वर विक्रम शाहले विद्यालयले प्रमाणपत्र उत्पादन मात्र नभई समाजप्रति उत्तरदायी, व्यवहारिक ज्ञानसहित सक्षम जनशक्ति तयार गर्ने उद्देश्य लिएको बताउनुभयो। उहाँको नेतृत्वमा विद्यालयले भौतिक पूर्वाधार सुधारको दिशा पनि लिएको छ। संघीय सरकारको ३ करोड रुपैयाँ अनुदानमा १२ कोठे भवन निर्माण सुरु भएको छ भने विगतमा खण्डित भएको जग्गा पुनः साबिक अवस्थामा ल्याउन विद्यालयले नौ महिनाको अथक प्रयासपछि सफलता पाएको छ।

३ करोड लगानीमा निर्माण हुन लागेको १२ कोठे भवन निर्माणको लागि आवश्यक राय सुझावको लागि सरोकारवाला ब्यक्ति संगको छलफल सम्पन्न ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहका अनुसार, विद्यालयले प्रमाणपत्र उत्पादन मात्र नभई समाजप्रति उत्तरदायी, व्यवहारिक ज्ञान सहित सक्षम जनशक्ति तयार गर्ने लक्ष्य लिएको छ।
शाह स्थानीय निकायमा जनप्रतिनिधि भएर काम गरिसक्नुभएको छ। साथै नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी सदस्य
लगायत विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत रहेर आफ्नो कार्यकुशलताका साथ विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।
गुणस्तरीय शिक्षा, सबल व्यवस्थापन र प्रविधिमूलक अध्ययनलाई प्राथमिकतामा राख्दै आएको श्री ज्योति माध्यमिक विद्यालय अहिले सामुदायिक विद्यालयहरूबीचको अग्रणी प्रतिस्पर्धीका रूपमा स्थापित हुँदै गएको छ।


