इटहरी । नेपाल संवत् ११ सय ४६ बुधबारबाट सुरु हुँदै छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिֿय विभूति शंखधर साख्वाले विक्रम संवत ९ सय ३७ (इस्वी संवत ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराउनुभएको थियो । सोही संवतका अवसरमा देशभर विविधकार्यक्रम आयोजना गरिने गरिएको छ । यसै क्रममा धनकुटामा न्हुदँया भिन्तुना, अर्थात् नेपाल संवत् ११ सय ४६ को अवसरमा धनकुटामा मंगलबार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ। सिरानबजार समुहको आयोजनामा भएको मोटरसाइकल ¥यालीले बजार परिक्रमा गरेको थियो। मोटरसाइकल ¥याली भिमसेन थान, निशान मन्दिर, मदन चोक, श्रीवनी, जीरो प्वाईन्ट हुँदै कागते पुगेर माथिल्लो कोप्चे, बिहिबारे हटिया तल्लो कोप्चे हुँदै कर्मिटारमा पुगेर समापन भएको थियो । नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्हपूजा’गर्ने सांस्कृतिक परम्परा रहेको छ। म्हपूजाका बेला आफ्नो शरिर पुजा गरेर मंगलका प्रतीक फलफूल, माछा, फुलआदि ग्रहण गर्ने परम्परा रहेको छ ।