इटहरी । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभएको छ । बुधबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अझै पनि निर्वाचनको वातावरण बन्न नसकेकाले सरकार यसमा गम्भीर हुनुपर्ने बताउनुभएको हो । तोकिएको समयमा नै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने उहाले बताउनुभयो । प्रचण्डले असाधारण परिस्थीतिमा अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेपछि माओवादीले नै निर्वाचनमा जाने निर्णय सवै भन्दा पहिले गरेको उल्लेख गर्नुभयो । उहाले समाजवादी मोर्चामा रहेका पार्टीहरु एकता प्रक्रियातर्फ अगाडि बढेको जानकारी दिनुभयो । प्रचण्डले छठ पर्वपछि एकताको नयाँ परिस्थिति देखिने जिकिर गर्नुभयो ।


