इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफुबिरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गर्नुभएको छ । बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफुमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै आफुबिरुद्ध थप योजना बनाईराखेको गम्भीर आशंका रहेको बताउनुभएको हो । गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उहाले बताउनुभयो । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरुले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गर्नुभयो । सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजानी गर्नेहरु आपराधिक समूह नै भएपनि उनीहरुलाई सरकारले कारवाही समेत गर्न नसकेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले जेनजी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्वपूर्ण सामानहरु लुटिएको बताउनुभयो ।