इटहरी । जिल्ला प्रशासन कार्यालय धनकुटाको वाट्सअप ह्याक भएको छ । ह्याकरले वाट्स अपह्याक गरेर गलत सूचना पठाइरहेको छ । प्रमुख जिल्ला अधिकारीको सरकारी नम्बर ९८५२०३७७७७ नम्बरको वाट्स अपह्याक गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो। वाट्सअप एकाउन्ट ह्याक गरेर गलत एवम् भ्रामक म्यासेजहरु पठाइरहेको हुँदा त्यसबाट सजक रही थप सहयोग आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराउन गेलालले बताउनु भयो। ह्याकरको हातमा पुगेको फिर्ता गर्ने कोशिश भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वाट्सअप ह्याकको विषयमा अध्ययन, अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी प्रमुख एुसपी शरत कुमार थापा क्षेत्रीले बताउनु भयो।