सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी स्थित ग्रामीण पत्रकार समूहलगायत नगरपालिकाभरका सञ्चारकर्मीहरूको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो।

यस अवसरमा वडाध्यक्ष खड्काले स्थानीय सञ्चारकर्मीहरूसँग सौहार्दपूर्ण छलफल गरी विभिन्न विषयमा सन्चारकर्मी सग बिचार, सल्लाह ,सुझाब आदानप्रदान गर्नु भएको हो। उहाँले  बराहक्षेत्र नगरपालिका लगाएत वडा -८ को विकासका लागि सञ्चारकर्मीहरूको सक्रिय भूमिका  मध्यनजर गर्दै वडा नं. ८ मा गर्न लागेका कार्ययोजनाहरूबारे पनि जानकारी दिनु भयो । 

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पनि वडाध्यक्ष खड्कालाई आफ्नो कार्यकालका लागि शुभकामना व्यक्त गर्दै स्थानीयस्तरमा सूचनाको पारदर्शी प्रवाह, जनसहभागिता र विकासका कार्यक्रमहरूमा सञ्चारकर्मीहरूको संलग्नतालाई प्राथमिकता दिन आह्वान समेत गर्नु भयो ।

यस्तै, वडाध्यक्ष र सञ्चारकर्मीबीच स्थानीय समस्याहरू, समाधानका उपायहरू र सहकार्यको क्षेत्रमा विस्तृत छलफल भएको थियो। दुवै पक्षबीच सूचना तथ्य आदानप्रदान, जनचेतनामूलक कार्यक्रमहरू तथा सामुदायिक समस्याहरूको समाधानका लागि समन्वय र सहकार्यको आवश्यकता रहेको वडा अध्यक्ष रोशन खड्काले  जानकारी दिनु भयो ।